स्वयम्भु महाचैत्य स्थानमा राजा धर्मदेवले गर्नु भएको केहि कामहरु र नारायण हितिमा घटेको, अध्भुत प्रसंग |

 Facebook: Jhigu Nepa | Instagram: jhigunepa | jhigunepa@gmail.com


नेपाल देशमा स्थापित उत्तम तिर्थस्थान श्री स्वयम्भु महाचैत्य विराजमान भएको साम्हेगु पर्वत (गोपुच्छ पर्वतमा) धर्मशालाको अभाव महशुस भएकोले श्री स्वयम्भु दर्शनको लागी चारै दिशाबात आउने धर्मालावम्बिहरुको लागी सुख सुविस्ता होस्, भन्ने सोचेर श्री स्वयम्भु महाचैत्य प्रती श्रद्धा भक्ती राखी सुन्दर कलापुर्ण धर्मशाला सत: फल्चा आदी बनाइयो , तेसै गरी हिंड्न मिल्ने गरी बाटोको पनि व्यवस्था गरियो |

लिच्छवी राजा धर्मदेव, वृषदेवका नाति, शंकरदेवका छोरा, राजा मानदेवका बुवा, उहांको जीवन कालमा भएको एउटा अध्भुत प्रसंग , यहाँ प्रकत गर्दै छु |

वर्तमान राष्ट्र नायक श्री ५ सरकारहरुको राजदरवारमा,  दक्षिण  दिशा तिर रहेको नारायण हितीमा घटेको , पुर्व कथा - परापुर्व कालमा धर्मागत देवको नाममा बनेको नारायण हिती बात एक्कासी  पानी आउन बन्द भयो | दिन्को २४ सै घान्टा पानी बगी रहने हितीबाट पानी आउन बन्द भएको ले गर्दा, राजा धर्मदेवले विचार गर्नु भयो - ' यो हिती बाट आउने पनि, मेरो पुर्खाहरुले भागवान , जलशयन नारायण बाट  (भुईंजसि नारायण- बुद्धनिल कन्थ)  वचन  लिएर: बगी रहेको पानी हो | अब म पनि जलशयन नारायणकोमा जान्छु ‘|  यसरी विचार गरि, त्यंहा पुगेर: पुजा, भावभक्ती गरी पुर्वक स्तुती गर्नु भयो | यस दिनको रातको सपनामा उहांलाई – ‘ ज्य्योतिषीहरुकोमा देखाउन जानु भनेर आज्ञा भयो ‘ |  त्यही आज्ञा अनुसार ज्योतिषी ब्रह्मामणहरुलाई  बोलाएर , प्रश्न मुताबिक  बुझ्न  जांदा, ठुलो  कष्ट गरे पछी मात्र काम सिद्ध हुन्छ भनेर, राज ज्योतिषीहरुले भन्नु भयो | ज्योतिषी हरुले भन्नु भयो  - ‘ ३२ गुण ले सम्पन्न  भएको नर बली दिन सके मात्र त्यस हिती बात फेरी जल प्रवाह हुन्छ , त्यो बाहेक अरु कुनै उपाय  छैन ‘ |

यसरि ज्योतिषी हरुको  वचन सुनेर | कृयाकर्म गर्नुमा तत्पर भएर: राजा धर्मदेवले विचार गर्नु भयो - मेरो देशका प्रजाहरु बाट ३२ लक्षणले युक्त भएको कोही मानिस भेट्यो भने , बिना अपराध प्राण हत्या गर्नु , यो मेरो राज धर्म हैन |  अब यस्तो अवस्थामा , मेरो देशमा ३२ लक्षाणले युक्त भएको, म र मेरो छोरा मात्र हो | तसर्थ श्रद्देय  पुर्वजहरुको धर्म किर्ती स्थिर गर्नुको  निम्ती , मेरा प्रजाहरुको हित सुखको, निम्ती , म आफ्नै प्राण बली दिएर कर्तव्य र धर्मको पालना  गर्छु  | मेरो शृमतीलाई पनि केहि नभनि आफ्नो सम्पुर्ण विशाल वैभव सुखहरुलाई तिरस्कार गरि: आफ्नो मुख्य उद्देश्य लाई गुप्त राखी , संक्ल्प राखेर, आफ्नो छोरा मानदेवलाई एकान्तमा बोलाएर आज्ञा गर्नु भयो -  हाम्रो हितिबाट पानी नआउनुको कारण थाहा भयो | यस बिघ्न लाई शान्ती गर्नुको निम्ति, यो कुरा, भन्दै छु | तिमी एक चित्त भएर सुन - तर मेरो वचन कदापी नछोद - आजबाट दिनको राती हाम्रो हितिको माथी एक जना सेतो कपडाले ओधेर सुती रहेको हुन्छ | उसलाइ सरासर गएर , कपडा ननिकाली कन त्यहाँ पुग्ने  बितिक्कै खड्गले प्रहार गर | यती गरी सके पछी मात्र बिघ्न शान्ती हुन्छ - अनि त्य्स हिती बात फेरी पानी को प्रवाह हुन्छ | ' यसरि छोरालाई राजा धर्मदेवले आज्ञा दिनु भयो | 

राजकुमार मानदेव आफ्नो बुवाको आत्मिय सन्देशलाई तथास्तु, भनि स्विकार गरि, केहि विचार, प्रश्न नगरि, आज्ञा भएको दिनमा गएर, हितीमा सेतो कपडाले ओधेर सुती राखेको  व्यक्ती माथी खड्गले प्रहार गर्नु भयो | यती भए पछी टाउको जिउ छिन्न भिन्न भयो -- त्यो हुने बितिकै हितीबाट पानीको प्रवाह भयो | राजकुमार अति हर्षित भएर : आफ्नो बुवाको आज्ञा अनुसार  कार्य सिद्ध भयो भनेर , खड्ग  पखाल्छु भनेर : हितीमा गएको बेला हितिबाट रगत बगी रहेको देख्यो |


Narayan Hiti, where the incident took place
Photo: Narayan Hiti, Prawesh Rajkarnikar, 2015

यो भैसके पछी, पितृहत्या गर्ने  चण्डाल,  महापापीको मुख  हेर्नु हुन्न भनेर, हिती मंग: पछादी फर्क्योराजकुमार त्य्हां बाट निस्कीसके पछी , फेरी सदाको लागी निर्मल जल प्र्वाह भयो |

यस्, घटनाले फेरी देशमा अनावृष्ती भएर : हाहाकर मच्यो | यस दोष निवारणको निम्ती खसुती (सित) पानी जम्मा गरी, खास्तीइ चिबाह: बनाउने काम सुरु भयो - हाल यस चिबाहको अपभ्र्ं सित नाम , बौद्ध हुन गयो |


If you like this post, please do share this with your friends and family. Consider following me in Blogger and check and follow our Instagram page - Jhigunepa.

References

श्री स्वयम्भु महाचैत्य , " स्वयम्भु महाचैत्य स्थान्य राजा धर्मदेवया धर्मशाला  निर्माण " - हेम राज शाक्य | 


Comments

Popular Posts