देशे मरु झ्या: |
वस्तावमै काठमाडौं अध्भुत सम्पदा, कलाकृतीहरुले भरिएको सहर, भनि चिन्ने गरिन्थ्यो | तर तिव्र अनि आक्रामक गतिमा बिकासको नाममा हुंदै गरेको बिनासले, आज यस सुन्दर शहर क्रंक्रिटले भरीन लागेको अथवा, भरिसकेको भन्दा केहि फरक पर्दैन होला | "सांचै यहाँका मन्दिर हुन् वा घर, गल्ली हुन् वा झ्याल, तिनीहरू हाम्रा प्राचीन कथा सुनाउन लालायित देखिन्छन्, मानौं इतिहांस भन्न पर्खेर बसेका छन्।" मोनालिसा महर्जन, https://www.setopati.com/social/164524
This image was captured in 2014 on my phone during my visit to Nepal |
एउटै काठबाट निर्माण भएको, ‘देशे मरु झ्या:’ बारे यहिंका धेरै मानिसहरुलाई थाह छैन | नेपाली उखान- ‘नजिकको देवता हेला’, भने झैं धेरै स्थानीयहरुलाई त्यस झ्याल बारे केही थाह छैन र रुचि दिने गरेको पनि छैन् | तर म त्यहाँ पुग्दा, विदेशीहरु भने, यस्, अध्भुत कलाकृतिको अवलोकन गर्दै, फोटो खिच्दै गरेको देखें | पुरानो नेवारी शैलीको घरको संरचना फेरी सकेपनि, तर सौभाज्ञबस्, यस्मा रहेको अध्भुत्, सुन्दर मनमोहक झ्याल भने फेरिएको छैन । यो झ्याल्, यस्, देशका आदिबाशी, नेवारहरुको कास्थ्कला, सभ्यता र नेपालको मौलिक संस्कृतीको बारे बिदेशी तथा स्व्देशी पर्यटकहरुलाई पहिचान दिने, एउटा ज्वलन्त उदाहरन हो |
यो झ्याल जति कलात्मक र आकर्षक छ, त्योभन्दा बढी रहस्यमयी छ। एघार वटा त्रीकोसलाई एक अर्कोसंग जोडेर भित्रि भागमा टिकी झ्या: राखिएको छ । यो झ्याल कहिले बनाइएको भन्ने यकिन तथ्य भेटिदैन । तर कसै कसैको भनाइमा बि. सं. १६२१ मा महेन्द्र मल्लले हनुमान ढोकामा तलेजु भवानीको मन्दिर बनाउने समयमा त्यहि काम गर्ने मजदुरले त्यहिको काठबाट यो झ्याल बनाएको भन्ने भनाइ पनि छ | देशे मरु झ्या भएको घर कुनै दरवार वा बिशिष्ट ब्यक्तिको नभएको र साधारण घर भएको हुंदा पनि कुनै मजदुरले सानो सानो काठबाट निकै मेहनत गरेर बनाएको आभास हुन्छ | राणाकालमा प्रत्येक घरको नम्बर दिएर जनसंख्या लिइएको समयमा यस घरमा पनि नम्वर राखिएको यो झ्यालमा कोरिएको अंक ले देखाउंछ । यटखा टोलको घर नं ७९ को संकेत यसमा लेखिएको देखिन्छ । यती ऐतिहासीक महत्व बोकेको घरको , झ्याल अगाडी झुन्डिएको विजुलीको तारका झुप्पाहरु धुलाम्य भएको कारण, यो झन्, झन्, कुरुप बन्दै गएको मैले पाएं | मलाई अहिले पनि याद छ, म सानो हुंदा केही समय अगाडी सम्म बिजुली र टेलिफोनको तारहरु झ्यालनै झण्डै, आदी छेकिने गरी रखिएको थियो, अहिले भने ति तारहरुलाई झ्यालभन्दा केही तलबाट लगिएको छ ।
Enlarged image of window, found online in social media. |
स्थानीय बासिन्दा तथा
कलाकार नरेन्द्र कंसाकार भन्नुहुन्छ - म यसै ठाउँमा जन्मेको हो तर यसको इतिहासबारे मलाई धेरै जानकारी छैन । देशे मरु झ्यालको भएको घर पुन निमार्ण गर्दा भने यसको ‘ओरजिन्यालिटी’ घटेको उहाँको अनुभव छ । झ्यालको वरिपरी निर्माण गरिएको कलाकृति पहिले थिएन तर पछि अरुले बनाएको हो उहाँले जानकारी दिनुभयो । केशव स्थापितको मेयर हुदाँ यस घरलाई नरपालिकाले खरिद गर्ने तथा टिकट प्रणाली गर्ने भनेको थियो तर कार्य कार्यन्वयन हुन भने सकेन । उहाँले देशे मरु झ्याल भएको पुरानो घरलाई ०३४ - ०३५ साल तिर पक्की घरमा निर्माण गरिएको जानकारी दिनुभयो । पुरानो घर हुदाँ, यहाँ मुलाको कवाव विक्री हुन्थ्यो पछि पक्की घर निर्माण पश्चात किराना पसल र हाल स्टेशनरी पसल रहेको कंसाकारले बताउनुभयो |
यसरिनै, नरदेवी युवा क्ल्वका अध्यक्ष, दीलप्रसाद भट्ट भन्नुहुन्छ, हामीले जति संरक्षण गर्न खोजे पनि के गर्ने यहाँ काम नै ढिला हुन्छ । देशे मरु झ्यालको संरक्षण र सुरक्षाको सफा गराईएको पनि थियो र तारहरु निकाल्न पनि आग्रह गरेको थियो तर के गर्ने मान्दैन । परराष्ट्र मन्त्रालयले जारी गरेको ३२ पेजको मेसिन रिडेबल पासपोर्टभित्र मुलुक चिनाउने १७ प्रतीकात्मक तस्विरमा मा ‘देशे मरु झ्या:’ पनि रहेको छ तर यसको संरक्षणमा भने कसैले चासो दिएको देखिन्दैन ।
हाल
देशे मरु झ्याल भएको कोठालाई जुत्ताको गोदामको रुपमा प्रयोग गरिरहेको छ ।
यो लेख मैले फेस्बुकमै भेटिएका बिभिन्न पोस्टहरु जोदेर, अनि सम्पदा संरक्षणमा विद्यावारिधी लेखक मोनालिसा महर्जनले सेतोपाटिमा लेखेको लेख्मा लेखिएका कुराहरु पनि जोदेर तयार पारेको हुं |
If you like this post, please do share this with your friends and family for awareness. This is the least we can do to save and get a proper restoration of this amazing heritage, before it disappears. Do consider following me in Blogger and check my ig page jhigunepa for updates and other contents.
References:
Monalisa Maharjan. "रहस्यमयी झ्याल देशेय मरू झ्याः"सेतोपाटी, शुक्रबार, साउन १८, २०७५ |
https://www.setopati.com/social/164524
Comments
Post a Comment