भगवान शाक्यमुनी तथागतको नेपाल मण्डल आगमन |

शाक्यमुनी बुद्ध हुनु अगादि, सारा प्राणीहरुको हित सुख शान्तिका लागि, वहां असंख्य कल्प वर्षहरुमा अनेक बोधिसत्व जीवनमा अनेक पारमिताचर्या चलाएर: अचिन्त्य बोधिस्म्भार पुरा गरेको अपरमिता पुण्यको प्राभावले अन्तिममा तुषिता भुवनमा स्वेतकेतु बोधिसत्वको रुपमा जन्म लिनु भयो | त्यहिं बसि: वहांले पन्चमहाविलोकन ( देश, काल, परीस्थिति) गरी हेर्दा मर्त्यमन्डल्को जम्बुद्विपमा सद्धर्म शासन लोप भएर, त्यहाँ हित सुख निम्ती उद्धार गर्ने समय भएको: अवस्था महशुस गरि: अनागत बुद्ध आर्य मैत्रेय बोधिसत्वलाई ( भविष्यमा आउने - शाक्यमुनी बुद्ध पछीका बुद्ध ) , आफ्नो ठाउंमा राखि: शाक्यकुलमा, कपिलवस्तुको  जंगलमा  स्वांयापुन्हिको  दिनमा जन्म लिनु भयो | हुर्किंदै गए पछी चतुषष्स्थी (६४) कला सिकेर , त्यही कला प्रदर्शन गरी वहांले यसोधरा संग बिवाह गर्नु भयो  | एक दिन अनित्य संसार देखेर: मनमा बैराग उत्पन्न भएर दरवार बाहिर घुम्न निस्केको बेला, बिभिन्न प्रकारको दु:ख हरु  देखेर, यो दु:ख रहित जीवनको अनुसन्धान गर्नको निम्ती, एक रात सम्पुर्ण राज्य वैभव त्रित्याग गरि: महाभिनिष्क्रमन गरी जंगल तिर पस्नु भयो | वहांले अनोमा नदी तरेर: स्वयम्, चुडाकर्म गरेर: नैरन्जना नदीको किनारमा  बसि: ६ बर्ष सम्म घोर दुष्करचर्या गरी तपस्या गर्नु भयो | पछी पिपलको वृक्ष मुनी बसी ध्यान बसेर : अनुत्तर सम्यक संबोधी ज्ञान प्राप्त गरी, अनन्त्कोती मार सैन्यलाई दमन गरी: मारलाई जितेर, उंहा सम्यक संबोधी बुद्ध हुनु भयो | ॠषिपत्तन मृगादवनमा सर्वप्रथम धर्मचक्र  प्रवर्तन गरीसके पछी: पुन वहुजन हिताय, वहुजन सुखाय भन्ने सुत्र बोकेर, देश देशान्तर भ्रमण गरि: वहांले, धर्मोपदेश दिनु भयो |

त्यस्तै  गरी आफुलाई जन्म दिएका आमा, मायादेवीको गुण सम्झेर, अनन्तोपकारको निम्ती, स्वर्गको त्रायतिंस भुवन सम्म गएर: धर्मोपदेश गरि: ३८ लाख योजन पार गर्दै, असंख्य देवगणहरुले बाटो देखाएर, भागवान इन्द्रले छाता ओधाई: संकास्यनगरमा अवतरित हुनु भयो |

                                                   Facebook: Prazol Maharjan | Instagram: jhigunepa | E-Mail: jhigunepa@gmail.com

Lord Buddha accompanied by various Gods and Goddesses, when descending down to the Earth after giving Sermon in Trayatimsa Bhuvan in Heaven

यस्तो प्रकारको धर्मोपदेश गरेको हेर्न नसकेका धेरै तिर्थीकवादिहरु संग शासत्रार्थ गरि: दिव्य प्रतिहार्य  देखाएर : धेरै लोकजनहरुको बोध गरेर: आफ्नो बुवा महाराज, शुद्धोदन भेट्नको निम्ती कपिलवस्तुमा पाल्नु भयो - त्यती बेला वसपोल शाक्यमुनी बुद्धको  सम्मानको लागी सहापती महाब्रम्हा, विष्णु, महेश्र्वेरादी , इन्द्र, यम, वरुण, कुबेर, लक्ष्मी, सरस्वती आदी असंख्य लावालस्कर आएर लुम्बिनी बनमा पुगेर : धुमधाम संग वहांको  स्वागत समारोह भयो |  यही सिलसिलामा विपश्वी आदी अतित बुद्धहरु आगमन गरेको पुर्व समय, सम्झिदैं: आफ्नो शिष्य - शालिपुत्र, मौदगल्यायन्,  एवं आनन्द भिक्षु संगै ल्याएर : श्री स्वयम्भु  धर्म धातु महाचैत्य दर्शनको निम्ती काठ्माण्डु उपत्यका शुभागमन भयो |

यस् समयमा काठ्माण्डु उपत्यका भित्र किराती राजा, हुमति (जितेदस्ति) को राज थियो | शाक्यमुणी बुद्ध उपत्यका भित्र प्रवेश गरि:केहि समय किण्डोलमा विश्राम गरि: सरासर, स्वयम्भु डांदा माथी गएर : स्वयम्भुको अतित गौरव स्मरण गरेर : श्रीस्वयम्भु महाचैत्यलाई श्र्द्धा पुर्वक तृप्रदक्षिणा गरी, स्त्रोत पाठ गर्नु भयो | 

शाक्यमुनी बुद्ध नेपाल मन्डल आगमन  गरेर १६५० शिष्यहरु बानएर मन्जुश्री स्मृती चैत्य र नैरात्म  गुहेश्वेरी दर्शन  गरेर, स्वयम्भु पर्वतबाट फर्किनु भयो | इतिहांसविदहरुका भनाइ अनुसार , स्वयम्भुबाट नाला तिरको बाटो भएर सुवर्ण भुमी पर्वत नमुरा (नमोबुद्ध) प्रस्थान गर्नु भयो | त्यस पवित्र  पुण्य भुमिमा पुगेर: पुर्वानुस्मरण (पहिलेको जन्म) ज्ञान सम्झेर: आफु पनौतीको राजकुमार महासत्व भएर जन्मेको बेला, एउटा बाघ, आफ्ना ५ बच्चाहरु संग  भोकाएर लाचार भएर जंगलमा भेटेको समयमा, आफुले आफ्नो जिउको मासु आफै काटेर खुवाएको सम्झना गर्दै, त्यस वनमा भएको एउटा दोमारलाई देखेर, बुद्ध स्वयमले त्री-प्रदक्षिणा गर्नु भयो | यसरि भागवान शास्ताले, एउटा साधरान दोमारलाई प्रदक्षिणा गरेर वन्दना गरेको देखेर: शालिपुत्र भिक्षुले अभिवादन पुर्वक सोध्नु भयो - ' भो शास्ता! यस्तो साधारण दोमारलाई किन हजुरले नमस्कार गर्नु भएको ?' 

भगवाण बुद्धले जवाफ दिनु भयो - ' हो यो  स्थानमा बसेर मेरो पुर्वजन्ममा महासत्व भन्ने राजकुमार भएर जन्मेको बेला: मेरो मनमा सारै करुणा जागेर यहाँ एउटा बाघ र त्यस्का बच्चाहरुलाई आफ्नो मासु काटेर ख्वाएर आफ्नो जीवन दान गरेर त्यो बाघ र त्यस्का बच्चाहरुलाई आत्मसन्तोष गरेर: बोधीचर्याब्रत चलाएको सिद्ध भुमी हो |" 

यसरि आफ्नो सिष्यहरुलाई  त्यस घाटनाको  प्रतित गराउनको  र  पुर्ण श्रद्धा उत्पन्न गराउनको निम्ति, शाक्यमुनी बुद्धले  मुसुमुसु हांस्दै: त्यस पवित्र सिद्ध भुमिमा आफ्नो खुत्ताले बजार्दा, तत्क्षण्मै, त्यो भुमी बुद्धआनुभावले चर्केर : त्यस भित्र साक्षात्, महासत्वको शरिरको हड्डीहरु छर्लंग देखियो | यसरि जुगौंजुग सम्म पनि सुवर्ण वर्णको अवशेष सुरक्षित भईरहेको देखेर: सबै शिष्यवर्गहरुले राम्रो संग श्राद्धाभक्ती राख्दै: दर्शन र पुजा गर्नु भयो | 

पछी यस्, पवित्र महासत्वको अस्ती धातु स्वागत सत्कारको निम्ती आयुष्मान शालिपुत्रका बुवाले सोही स्स्थानमा यथोचित्त प्रामाणले सुन्दर चैत्य निर्माण गर्नु भयो | यस् पुन्यभुमी  स्वयम्, शाक्यमुनी  बुद्धले वन्दना गर्नु भएको  स्थान भएकोले यस्, स्थान 'नमोबुद्ध' भन्ने नाम बात प्रसिद्ध हुन गयो, यस्लाई अपभ्र्ंश रुपमा , आज भोलि,  'नमुरा'  भनेर भन्ने गरिन्छ |  

Namo Buddha Namo Buddha Stupa, built on top of the remaining's of Prince Mahasatwo's relics

शाक्य्मुनी बुद्ध यस्, स्थानमा, पाल्नु अगि  सुन्दर उपवन, नाला देशमा एउटा वर्षावास पनि गर्नु भयो | शाक्यमुनी बुद्धका दाजु भाइहरुले पनि यस उपत्यकामा आश्रय लिनु भएको कुरा, मुल सर्वास्तिवाद विनयमा प्रमाणित  गरिएको छ | फेरी शिष्य आनन्द पनि उनिहरुसंग भेट्नको निम्ती,  उपत्यका प्रवेष गर्नु भएको थियो | नाला र त्यस्को नजिकै भएको पोखरि र ठाउं, गौंतम बुद्धको जीवन चरित्र संग सम्वन्धित भएको देखिन्छ | स्थानीय नाम र कथाले शिलालेख  जस्तै नेपालको इतिहास  बुझ्न सहायक भए पनि नाला देशसंग सम्बन्धित ठाउंहरुको नाम  बुद्धको जीवन संग सम्बन्धित भएकोले, भगवान बुद्ध: नेपाल उप्त्यकामा एउटा वर्षा वास गर्नु भएक प्रमाणित हुन्छ | बुद्धत्व प्राप्ती गर्नु अगि पनि काठमाण्डु उप्त्यकामा केहि समय बिताउनु भएको पनि सम्भव हुन सक्छ |   

मुल सर्वास्तिवाद विनय ग्रन्थ जतिकै प्रशिद्ध प्राचिण बौद्ध वाङ्,मयमा यस्त्व लेखिएको छ - शाक्यमुनी बुद्धको जीवनकालमा, नेपालको राम्रो उन्नती हुंदै थियो र यहां प्रसिद्ध बौद्ध भिक्षुहरु प्रवेश गरेका कुराहरु वर्णन गरिएको छ | शाक्यमुनी बुद्धका उपस्थापक, भिक्षु आनन्द आफन्तजनहरु भेट्न, नेपाल प्रवेष गर्नु भएको कुरा देखिएकोले , बुद्धका प्रमुख  सिष्यहरु, स्वयम बुद्ध संगै बराबर नेपाल आउनु हुन्थ्यो होला | 

शाक्यमुनी बुद्ध नेपाल आगमन गर्नु भएको , उहांको जीवनकालको अन्तिम समय तिर भएको अनुमान गर्न सकिन्छ | कारण, बुद्धत्व प्राप्त गरी सके पछि: मगध र गंगा-यमुनाको कछरा तिर उहां धेरै प्रसिद्ध  भए पछी मात्र हिमालय सन्निवर्ती (नजिकैको ) यस ठाउंमा आउनु भएको थियो | संभवत: भगवान बुद्धको आगमन इस्वी भन्दानि अघी: नं ५२० बर्ष  पहिले भएको हुन सक्छ |

आनन्द भिक्षु नेपाल आउनु भएको समयको बारे,यसरि उल्लेख गरिएको छ- आनन्द भिक्षु आफ्ना आफ्न्तहरु भेट्न नेपाल आउनु भयो | त्यस पछी फर्केर श्रावस्ती  पुग्नु भयो | त्यहां बसेका  भिक्षुसंघहरुले स्वागत गर्नु भयो तर आनन्दको पाइताला चिसोले फुटेर चर्केको अवस्था देखेरे एक्दम अपमानित भयो | हिंड्न सम्म पनि गाह्रो भएको देखियो |

यस्त्व अवस्था देखेर : साथी हरुले सोध्यो - आनन्दले उत्तर दियो - '' आफ्नो धर्म रक्षाको निम्ती यदी आफ्नो शरिर नष्ट भए पनि : वास्ता छैन  |" एउटा सिस्ष्यले उहांको प इताला फुतेको कार ण सोध्दा , यसरि उत्त र दिनी भयो - "नेपाल चारै तिर पहाड पर्वतले घेरिएको , हिंउको ठाउं, त्यसै गरेर चिओ हावा लाग्ने , पानी पनि चिसो चिसो झरना बट झ रि राख्ने, धुंगाको बाटो नांगो खु त्ता हिंड्नु पर्ने भएको कारणले गर्दा , मेरो खुट्टाको अवस्था यस्त्व भएको हो |"  अनि त्यस भिक्षुले, फेरी प्रश्न राख्यो - " त्यहांका मानिसहरुले रक्षाको निम्ती जुत्ता लगाउने गर्छ, तर हजुरले मात्र किन नलगाउनु भएको ? " आनन्द भिक्षुले हांस्दै उत्तर दिनु भयो -  "म भगवान बुद्धको  अनुयायी हुं: धर्म रक्षाको लागी मैले आफ्नो पइतालाको पर्वहा गर्दिन | "सारा भिक्षु गणहरुले आनन्दको जिद्दी देखेर: छ्क्क पर्‍यो | उनिहरु आफुहरु  जुत्ता लगाउने विषय बारे, मतभेद  भयो | अब यस्, विषयको शंका समाधान गर्नुको निम्ती सबै भगवान बुद्धको आश्रम गएर प्रार्थना गर्‍यो |

वहांले आज्ञा गर्नु भयो - " शरीरनै धर्म गर्ने साधन हो: धर्म रक्षाको निम्ती शरिरको रक्षा गर्नु पनि अनिवार्य  हुन्छ; अत: हिंउ र चिसो बाट बच्नको निम्ती , भिक्षु भए पनि जुत्ता लगाए पनि हुन्छ " | यो कुरा सुनेर सबै भिक्षुगणहरु प्रशन्न भए | 

मैले यो लेख्, सुप्रसिद्ध बौद्ध धर्मका विद्वान, स्वर्गिय हेमराज शाक्यजिले नेपाल भाषामा लेख्नु भएको, श्री स्वयम्भु महाचैत्यमा लेखेको नेपाली भाषामा अनुवाद मात्र गरेको  हुं | वहां प्रती मेरो हार्दिक नमन र श्रद्धा सदैव रही रहने छ  | त्यस्तै गरेर मलाई संधै लेख लेख्न प्रोत्साहान र मद्दत गर्नु हुने, सक्वोका प्रसिद्ध इतिहास विद्, नेपाल भाषा र नेवा  संस्कृतिमा कयौं बर्ष देखी  योगदान दिंदै आउनु भएका, मेरो गुरु: सक्वो निवासी- प्रकाशमान सक्वो तबालाई धेरै धेरै सुभाए, म संधै तपाइं प्रती आभारी छु | 

References

 1. "शाक्यमुनी तथागत आगमन " , श्री स्व्यम्भु महाचैत्य - Hemraj Shakya , a prominent scholar of Buddhism from Kathmandu Valley.


Comments

Popular Posts