स्वयम्भु महाचैत्य कसरी र किन प्रतीष्ठा गरियो |
FB: JhiguNepa | YouTube: Prazol Maharjan | Instagram: jhigunepa | jhigunepa@gmail.com
काश्यप तथागतको धर्म देशना र वचनबात प्रेरित भएर, श्री स्वयम्भु दर्शनको निम्ति, आफ्नो सम्पुर्ण राज्य एश्वोर्य त्याग गरि, राजा प्रचण्द देव, नेपाल आउनु भयो | नेपाल पुगिसकेपछि अष्तवैतराग, द्वादशतिर्थ एवं चतुर्महाप्राकार पर्वत आदि धनादह: र गुहेश्वोरी पिठ समेत दर्शन गरि, स्वयम्भु पर्वत माथी पुग्नु भयो | पर्वतमा पुगेर, श्री स्वयम्भु कमलको फुल माथी, ज्योतिरुप उज्ज्वल भई रहेको दर्शन गरि: एक्दम धेरै हर्ष उत्पन्न भएर: रत्त्नमाला चधाएर श्रद्धा भक्तिपुर्वक पुजा गर्नु भयो |
श्री स्वयम्भु ज्योतिरुप दर्शन पुजा पछी, गुरु मन्जुश्रीका शिष्य, सारा गुणबात युक्त भएको, गुणाकार भिक्षुको आश्रममा गएर, उन्को शिष्य ग्रहण गर्नु भयो | उहांलाई, गुणाकार भिक्षुले चुडाकर्म गरेर: अभिषेक दिएर: धारिणी विध्या सिकाएर्: मण्दल दर्शन दिएर: आर्य नामसंगिती पाठ गराएर भिक्षुचर्याब्रत दिएर: अन्य आवश्यक शिक्षा-दिक्षा दिइ; उहांको नाम, भिक्षु गुणाकारले, प्रचण्द देव बाट शान्तश्री भनेर, नामाकरण गर्नु भयो |
हजारौं कमलको पंखुडी माथि, अनुपम सुन्दर ज्योतिरूप प्रकाश भैइरहेको देखेर: शान्तश्री भिक्षुको मनमा, यस्तो कुरा खेल्यो - "यहाँ मनुश्यहरुको चित्तमा सद्धर्मप्रती भाव-भक्ती, श्रद्धा आदर भएसम्म, यो आद्वितिय महान सुन्दर ज्योतिरूप सुपुष्प अध्भुत, सबैको अगाडी सदाकाल सम्म सुरक्षित भइरहने छ | तर जब कलीयुग सुरु हुन्छ, मनुश्यहरुको मनमा, अनेक लोभ, पाप, ईर्श्या उतपन्न भएर, मानिसहरु महादुष्त हुन्छ: घोर अत्याचार कर्म गरेर्, अन्धविश्वास भएर: दशाकुशल पाप कर्ममा लिप्त भएर: धर्म, विवेक, सबै हराएर जानेछ | त्रिरत्नको सबै शासनिक किर्ती, वस्तु, मुर्ति, किताब, पौभा आधी सध्धर्म सामाग्रीहरु चोरि गरेर, धर्मको मार्गमा लागिरहेको व्यक्ती हरुको विपरित लाग्ने, चलन बधेर जानेछ | यस्तो समयमा, यस ज्योतिरूपको रक्षा कसैले पनि गर्न सक्दैन, तेसैले यस्लाई, अहिले नै छोपेर, यस्को रक्षाको निम्ति, यस्को माथी, श्री स्वयम्भु महाचैत्य निर्माण गर्नु पर्छ भनि, ठुलो संकल्प गरेर, विचार गर्नुभयो | “
यसरि संकल्प गरी; शान्तश्री भिक्षु, आफ्नो गुरु, श्री गुणाकरकोमा गएर, आफ्नो विचार पोखेर प्रार्थना गर्नु भयो - यदी श्री स्वयम्भु ज्योतीरुप, यो पुष्प ज्ञानलाई अनन्त काल सम्म सुरक्षित राख्ने हो भने, यो ज्योती रुपलाई छोपेर, चैत्याकार बनाउन सके, यो पवित्र स्थल, ज्ञानको अक्षय भण्दारको स्वरुप, सधैं स्थिर भैइ राख्ने छ |
आफ्नो सिष्य बाट यस्त्व राम्रो बचन सुनेर, भिक्षु गुणाकरले, उहांलाई अनुमती सहित पुर्ण आश्वासन दिएर: विधिवत शान्त श्रीभिक्षुलाई वज्राभिसेक दिएर स्ययम्भु महाचैत्यको निर्माण गर्नको लागी सर्वाधिकार प्रदान गर्नु भयो | आचार्य शान्तिकरजु, आफ्नो गुरुको आज्ञालाई सिरोपर गर्दै, उहांको वन्दना सत्कार गरेर, सबै आदी बुद्ध (पञ्च बुद्ध ) सँग क्षेमापन मागेर, स्वयम्भु महाचैत्य निर्माण प्रती लाग्नु भयो |
सारा त्रिलोकमानै, सुदुर्लभ ज्योति रश्मी, केशरी भएको अनुपम सुन्दर कमललाई, बिचमा हांगा भएको रत्त्नको ल्व्हं: (stone) ले छोपियो, अनि त्यस माथी नवकोष्ठ्युक्त (९ वता कोण भएको ) रत्त्न समान ल्वहाँंफा (देउता राख्ने आसन ) राखी, बुद्ध तारा स्वरुपले बिचमा हांगा राख्नु भयो | त्यस माथी, उच्चा हुने गरी त्रयोदश्कोष्ठ बनाई ईशानकोणमा (उत्तर पुर्वी कोण) हांगा राखीयो, त्यसको वरीपरी - पद्धमावली, वज्रावली, ज्वालावली राखेर: मण्डलाकरको ल्व्हं: राखियो | यस्तो पुण्यकार्य भैइरहेको सन्देश त्रिभुवनमा पनि प्रचार भए पछी, अनेक देवलोकगणहरुले, रत्नवृष्टी गरेर ल्याउनु भयो; साथसाथै आफुले सक्ने मदत गरेर स्वयम्भु भक्त्ती निम्ती तत्पर हुनु भयो | शुभ मुहुर्त्तस, सुमेरुको प्रमाणले यष्ठिदारु (गलसिं) जोध्यो, शास्त्रीय प्रमाण अनुसारले यस भित्र वहुमुल्य वस्तु गर्भ भित्र राखियो | पात्राकारको रुपमा, वरिपरी धुंगाले घेरेर उच्च ध्व्जा जस्तै शोभायमान हुने गरी महाचैत्यको निर्माणको काम भयो | यस्लाई सुहाउने गरी धर्मधातु मण्डलको प्रमाणको लक्षण संयुक्त्त भएको देवताहरु राखियो |
(१) पुर्व (East) दिशामा, हांत्ती वाहान गरी, भु: स्पर्श गर्दै गरेको मुद्रामा आकाशवर्णको (sky blue color), अक्षोभ्य तथागतको मुर्ती
(२) दक्षिण (South) दिशामा, घोडा वाहान गरेको सुवर्णवर्णको (yellow color) वरदा मुद्रा गर्दै गरेको, रत्त्नसंभव तथागत
(३) बिचमा, बोध्यंगमुद्रा गरेको सिंहासनमा विराजमान भएको, स्वेतवर्णको (white color) वैरोचन तथागत
(४) त्यस्तै पश्चिम (West) दिशामा, मयुर वाहान गरेको, ध्यान मुद्रा गर्दै गरेको माणिकवर्न (red color) भएको अमिताभ तथागत
(५) उत्तर (North) दिशातिर गरुड वाहान गरेको; अभय मुद्रा गर्दै गरेको हरितवर्ण (green color) भएको अमोघसिद्धी तथागतको मुर्ती, प्रतिष्ठान गरियो
यही स्व्यम्भु महाचैत्य निर्माण कार्य गर्ने बेला, महोत्साही विचक्षण भएको शान्तीकर आचार्यले श्री: धर्माधातु वागीश्वर महामण्डल बनाउनु भयो | यहिं पर्वतमा हेवज्र भैरव नागराज एवंम मञ्जुश्री गुरुको चरण कमल बनाईयो | संगै वरदा र मोक्षदादेवी पनि स्थापना गरीदिनु भयो | यसै प्रकारले पंचमहाभुत- [ जल, तेज, पृथ्वि, वायु, आकाश ] बाट हुने अनेक प्राकृतिक प्रकोप बात संम्रछ्यनका निम्ती, शान्ती कामना गरी, पंचसाधना कर्म सिद्ध हुने अनेक लक्षण भएको, सुन्दर पंचपुर - [ शान्तिपुर , वसुपुर , नागपुर , वायुपुर र अग्निपुरको ] पनि स्थापना गरियो | यि पांच पुरहरुलाई पंचतत्वका प्रतिक पनि मानिएको छ | यस शान्तिपुरलाई चार प्रकारले नामाकरण गरिएको छ - (१) शान्तिपुर (२) सम्वरपुर (३) गुप्तपुर (४) आकाशपुर |
(१) शान्तिपुरको दक्षीण दिशामा, भयानक आलीस्वरुप, पृथ्वी भैरव
(२) स्वयम्भुको पुर्वतिर बाटोमा, उत्कृष्ट बलि बिसर्जन गर्ने ठाउँमा, असितांग भैरव
(३) पर्वतको मुनी पुर्व दिशामा, तेजसा भैरव
(४) पर्वतको नैॠत्य तिर, वायु भैरव
(५) पश्चिम दिशामा, आकाश भैरव्
(६) पुर्व दिशा तिर बाटो तल शक्ती सहित, सुन्य भैरव
यस प्रकारले अन्य उपयुक्त ठाउंहरुमा निम्न प्रकारको मुर्तीहरु स्थापना गर्नु भयो - स्वयम्भु पर्वतको पुर्व भाग तिरको बाटोको बिचमा, काली भन्ने महानाग, बिघ्न बाधा निवारनको निम्ती गणेश मुर्ति, शासन रक्षकको रुपमा, चतुर्महाराज, चार वटा भुवनको प्रमाण स्वरुप चारै तिर चार वटा मण्डल राखि: आवश्यक व्यवस्था गरी सके पछी शान्तिकर आचार्य नेपाको:(नेपालको) लागी भविष्य वाणी गरेर: सदाको लागी साक्षी स्वरुप शान्तिपुर गुफा भित्र प्रवेश गरि: सिद्ध भएर जानुभयो |
यो लेखबाट हजुरहरुले यस्, अध्भुत र पवित्र तिर्थ स्थलका बारे केहि नयाँ कुराहरुको जानकारी भयो होला र यस अध्भुत चैत्य - श्री: धर्माधातु वागीश्वर महामण्डलको महत्व कती छ भनेर, अलि: कती भए पनि, अनुमान भयो होला | मेरो विचारमा, श्री स्वयम्भु महाचैत्य, विश्व्कोनै सबै भन्दा पुरानो बौद्ध तिर्थ स्थल र चैत्य हुनु पर्छ | प्राय, हामी स्वय्म्भु जान अत्ती रमाउंछौं र त्यहाँ पुग्ने बितिकै अनेक अनेक फोटोहरु खिचेर सामाजिक संजालमा हाल्छौं | तर यस्त्व अध्भुत चैत्यको महत्व र मर्म भने जान्ने कोसिस, कमै गर्छौं | अहिले यस पवित्र चैत्य वरिपरी बिभिन्न कारण वस, अनेकौं निर्माण कार्यहरु हुंदै छ, कत्ती त: भई पनि सके । मलाई लाग्छ यस्ता कार्यहरुले यस अध्भुत र सुन्दर चैत्यलाई, फाईदा भन्दा बढी हानी हुन पुगेको छ |
स्वयम्भु महाचैत्यको १४ औं जीर्णोद्धार
सिद्धार्थ मान तुलाधरका अनुसार, न्यत (नरदेवी) टोलका निवासी दाता, धर्म मान सिं तुलाधरको (धम्मा साहु ) पहलमा ३ बर्ष लागाएर स्व्व्यम्भु महाचैत्यको पुर्ण जीर्णोद्धार नेपाल सम्वत १०३८ मा सुरु भएर नेपाल सम्वत १०४१ सालमा [ वि. सं. १९७८- सन् १९२१ ] पुर्ण भएको थियो | तसर्थ स्वयम्भु महाचैत्यको पुर्ण जीर्णोद्धार भएको, १०० बर्ष भयो | यो जीर्णोद्धार, स्वयम्भु महाचैत्यको १४ औं जीर्णोद्धार हो | यस् जीर्णोद्धारमा नयां हरमिकाहरु राखीएको थियो र त्रयोदश (१३ ) चक्रहरु - त्रयोदशभुवनको मर्मत गरिएको थियो | [3]
यस्, पवित्र श्री: धर्माधातु वागीश्वर महामण्डलको दर्शन गर्नुको निम्ति, अनेकौं अनेक बुद्ध, बोद्धिसत्व हरु देखी लिएर; विश्वका कुना कुना बाट अनेक राजा, माहराजा, कयौं सिद्ध प्राप्त गरेका साधु, पण्दितहरु अतित कालहरुमा नेपाल मण्डल आएका थिए | यि कुराहारु स्वयम्भु पुराण देखी लिएर, अन्य बिभिन्न बौध ग्रन्ठह हरुमामा छर्लङ्ग उल्लेखित गरिएको छ | यदी आज पनि हामिले यस् पवित्र स्थल्को मर्मलाई बुझेर, राम्रो हेर विचार गर्ने हो भने, भविस्ष्यमा पनि यस्ता अनेकौं सिद्ध व्यक्तीहरु देखी लिएर, बिभिन्न देवी, देवताहरु अझै पनि नेपालमा, श्री: धर्माधातु वागीश्वर महामण्डलको दर्शनको निम्ती प्रवेश गर्ने छ्न्, भन्ने मेरो पुर्ण विस्वाश छ | मलाई आशा छ; सायद, यो लेख पधेर, तपाईंहरु सबैको मनमा, श्री स्वयम्भु महाचैत्य प्रती, र हाम्रा यस्ता अध्भुत र दुर्लभ सम्पदाहरु प्रती, धेरैधेरै आस्था जाग्ने छ र भविष्यमा, हाम्रा भावी पुस्ताको लागी, यस्को राम्रो संरक्षण गर्नको निम्ती केहि पाईला चाल्नु हुनेछ |
अन्त्यमा, मेरो बौद्ध धर्मको बाटोमा; मलाई श्री स्वयम्भु महाचैत्य प्रती ध्यानाकर्षन गरी, "श्री स्वयम्भु महाचैत्य", किताब पढ्न प्रेरित गर्नु हुने र यो लेखलाई, नेपाल भाषा बाट, खस भाषामा अनुबाद गर्न, धेरै मद्दत गर्ने, सक्व्व निवासी; मेरो गुरु- प्रकाश मान सक्वो प्रती, मनै भित्र देखी कोटी कोटी नमण गर्दछु | त्यसै गरी, यो लेखका मौलिक लेखक, बौद्ध धर्मका एक विद्वान, नेपाल मण्डलका निवाशी, स्वर्गीय हेमराज शाक्यको आत्माको चिर शान्तीको कामना गर्दै, उन्को परिवारजन प्रती आभार व्यक्त गर्दछु |
1. "शान्तिकराचारर्यया स्वयम्भु प्रतिष्ठा कर्म" , श्री स्व्यम्भु महाचैत्य - Hemraj Shakya , a prominent scholar of Buddhism from Kathmandu Valley.
2. Prakash Man Sakwo, a scholar and historian from Sakwo (known as Sankhu, today). An author of multiple books on the culture, religion and festivals of Newars.
3. The 14th Renovation of Sri Swaymabhu Mahachaitya - Sidhartha Man Tuladhar
Comments
Post a Comment