पण्दित सुमेध तापशको, भगवान शाक्यमुनी बुद्ध, सम्मको यात्रा | A journey of hermit, Sumedh to Shakyamuni Gautam Buddha

FB: JhiguNepa | YouTube: Prazol Maharjan | Instagram: jhigunepa | jhigunepa@gmail.com

साधु सुमेध तापश, भागवान बुद्ध हिंड्ने बाटोमा, भागवान बुद्धको निम्ती पुल बनेको, छ्यन |

चार अशंख्य लाख कल्प अगाडी, अमरवति नगरमा, एकजना सुमेध भन्ने ब्रहामन थियो | कलिलो उमेरमानै,आफ्नो आमा बाबु गुमे पछि, उनको परिवारको, कोशा अद्ध्यछ्यले, उनको सात पुस्ता देखि नै जम्मा भएको धन, सम्पति, सुन चांदी, मणि, मोति सुमेधलाइ यसको रछ्या गर्नुस भनि सुम्पिनु भयो | तर, पण्डित सुमेधले तेत्रो धन सम्पति भएर पनि, उनको आमा, बाबु, बाज्या, बराजुले केहि नलि परलोक हुनु भयो, मैले केहि केहि लिएर जाने बाटो खोज्नु पर्छ भने विचारले गर्दा, आफु संग भएको सबै सम्पति आफ्नो नगरमा भएका गरिव, दुखी हरुलाई दान दिएर, वासना जन्य ईछ्याहरुको परित्याग गरि, अमरवति नगरबात बाहिर गएर, एक्लै एउटा हिमालमा भएको धर्मक भन्ने पर्वतको नजिकै आश्रम, चंक्रमणस्थान बनाई, पंचनिवरण रहित भएर, प्रव्रजित (अर्थात, श्रामनेर बन्नु ) हुनु भयो | यसरि वर्सौं सम्म, विभिन्न ध्यान अभ्यास पस्च्यात, उहाँले आठ समापत्ति पाँच अभिज्ञा लाभ प्राप्त गर्नु भयो |

त्यही समयमा,भगवान दीपंकर बुद्धको यस लोकमा उत्पति पनि भई सकेको थियो | त्यस समयमा, भगवान दीपंकर बुद्ध आफ्नो ४ लाख अर्हतहरु संग, रम्यक भन्ने नगरको, सुदर्शन महाविहारमा आइपुग्नु भयो | यो खबर नगर वासीहरुमा पुगे पछि, नगरका सबै  वासीहरु विभिन्न फुल, माला, सुगन्धित धुंप, वस्त्र, घ्यू आदि लिएर दीपंकर सास्तालाई पुजा गरि, उहाँको धर्म देशना सुन्नु भयो | त्यस पछि पुरै नगरबाशीहरुले उहाँलाइ भोलि पल्ट भोजनको निम्ति निमंत्रना दिएर नगर वासीहरु त्यहाँ बाट फर्केर गए | भोलि पल्ट दीपंकर सास्ताको स्वागतको लागि, पुरै नगरवासिहर, नगर सजाउनको निम्ति लागि परे | त्यहि समयमा तपस्वी सुमेध आफ्नो आश्रम छोडेर आकाशमा उद्ध्दै गर्दा, तल जमिनमा धेरै मान्छेहरु रमाउंदै गरेको  देखेरे, यो के कारणले होला भन्ने जिज्ञाशा राखेर, आकाशबाट तल झर्नु भयो  | उहाँले तल पुगेर सोध्नु  भयो - "तपाईंहरु किन यस्तो प्रसन्न, अनि येत्रो सजावट केको लागि ? " अनि त्यस नगर बाशीहरुले भन्यो – उहां दशबल, दिपंकर सम्यक सम्बोधी प्राप्त  गरेका भागवानलाई, हामीले हाम्रो नगरमा, निम्तो दिएको थिएं, त्यसैले हामि, उहांको लागी , यो सबै सजावत र बातो सफा सुगर गर्दै बसेको | अनि सुमेधले मन मनै भन्यो, 'बुद्धको सब्द सुन्न पाउनु भनेको दुर्लभ हो भने, उहांको दर्शन गर्न पाउनु, भनेको त्यो भन्दा पनि  दुर्लभ कुरा  हो’ | अनि सुमेध तापशले, ति नगर बाशीहरु सँग अनुमती लिएर, तेसो भए आफुले पनि बातो सफा गर्न मदत गर्न थाल्नु भयो  | सुमेधले मन मनै चिन्तन गर्‍यो,‘यदी मैले चाहें भने, मेरो रिद्धी बलले, यो थाउं एक छ्यन्मा नै सफा गर्न सक्छु | तर मैले यस्तो गरें भने, मेरो, मन सन्तुश्त हुंदैन| म आफुले नै दुख्ख्: गरेर सबै सफा गर्छु’| तशर्थ उहांले सफा गर्न, नसकिंदै, भागवान दिपंकर  बुद्ध आफ्ना ४ लाख अर्हत हरु सङ्ग अति नजिक पुगी सकेका थिए | सुमेधले,दिपंकर बुद्ध हिंड्ने बाटोमा  हिलो देखेर, उनको मनमा कुरा खेल्यो, यस्त्व ३२ लछ्य्यन भएको, सम्यक सम्बोधी ज्ञान प्राप्त गरेर आउनु भएको भागवान शास्तालाई, यस्तो हिलो भएको बातोमा खुत्ता तेकाउनु उचित हैन भनि,आफु सङ्ग बातो सफा गर्ने समय पनि नभएको, कारणले गर्दा,आफ्नो जिउ नै भागवान बुद्ध प्रती समर्पित गरेर, त्यस हिलो भएको स्थानमा पल्तेर, भागवान बुद्धको निम्ती, पुल बनेर,आफ्नो शरिर माथे तेकेर जानु भनेर आग्र्ह गर्नु भयो |

त्यो हिलो माथी पल्तिदैं गरेको छ्यन्मा, उहांले मन मनै इछ्या गर्नु भयो – ‘ पनि भविश्यमा,  सर्बज्ञ प्राप्त गरेर, सम्यक सम्बुद्ध भएर यस लोकमा भएका, सारा प्राणीहरुको उद्धार गर्छु | यो जन्म मरनको प्रभाव लाई, भांचेर, तीन भव - काम भव्, रुप भव्, अरुप भव्, हरुलाई नस्त गरि, धर्म रुपी डुंगा चधेर, देव सहित सारा लोकलाई पार लगाउंछु’ | यसरि सुमेधले, भविश्याम आफु पनि दीपंकर बुद्ध, जस्तै बुद्ध भएर जन्मेर, सारा लोकको हित गर्छु भन्ने दृध संकल्प मनमा लिनु भयोयसरि बुद्ध हुनको निम्ती गर्नु पर्ने सबै कुराहरु पुरा गर्छु भनि, उहांले अधिस्थान लिनु भयो | तसर्थ उन्ले मन मनै, भन्नु भयो, भगवान सास्ता, मेरो शरिरलाई हैन, मेरो मनमा भएको इछ्या लाई, माया गर्नु होस भनेर आफ्नो शरिर भगवान बुद्ध सामु अर्पन गर्नु भयो | भागवान दीपंकर, तपस्वी सुमेधको अगाडी गएर, उहांको टाउकोसंगै उठेर, आफ्नो पांच वता वर्न भएको आंखाले, हिलोमा पल्ती राखेको तपस्वी सुमेधलाई हेर्दै, “यो तपस्वी सुमेधले बुद्धत्व  प्राप्त निम्ती दृध संकल्प लियो, तर यस्को त्यो इछ्या, पुरा होलाकि, नहोला भनेर ध्यान भावनाले हेर्दा खेरि, आजको  असंख्य लाख कल्प बिती सके पछी, गौतम भन्ने बुद्ध हुन्छ भनेर देख्नु देख्नु भयो |”  तसर्थ, भगवान  दिपंकर बुद्धले उहांलाई आशिर्वाद  दिई, “तिमी, अशंख्य, लाख कल्प पछी शाक्यमुनी गौतम बुद्ध हुन्छ भनेर घोशना गर्नु भयो |”

यसरि सुमेध तापश भएर जन्मेको पस्च्यात्, उहांले असंख्य लाख क्लप सम्म, बोधिसत्व भएर, बिभिन्न प्राणि, मनुश्यको रुपमा, जन्म लिनु भयो रे हरेक जन्ममा लोक मनुश्यको  हित हुने काम गरेर, पुन्य आर्जन गर्नु भयो, बिभिन्न कठिन भन्दा पनि कठिन तपश्या, त्याग गरेर १० पारमिताको अभ्याश पुर्ण गर्नु भयो |

१. दान पारमिता
२. सिल पारमिता
३. नैष्कम्य पारमिता
४. प्रज्ञा पारमिता
५. विर्य पारमिता
६. क्षान्ति पारमिता
७. सत्य पारमिता
. अधिष्थान पारमिता
९. मैत्री पारमिता
१०. उपेक्षा पारमिता

त्यसैले, बुद्ध हुनु भनेको सारै कठिन काम हो | बुद्ध बन्छु भनेर मनमा सोच्नु सम्मको निम्ती पनि, एक्दम धेरै इच्छा शक्तिको जरुरी हुन्छ | उहांको अन्तिम साधारण मनुश्यको रुपमा, राजा वेस्सन्तर  भएर जन्मेको बेला, आफ्नो राज्य, श्रीमती, बच्चा, अनि आफ्नो सबै भौतिक सुख: त्याग गरेर, बोधीसत्वको  सबै अवधी पुरा गरी, भागवान दिपंकर बुद्ध सामु लिनु भएको अधिष्थान पुर्ण गर्नु भयो | त्यस पस्च्यात उहांको अर्को जन्म स्वर्ग लोकको, तुसिता भुवनमा, देवी मायादेवीको कोखमा नबसे सम्म्, स्वेतकेतु देवता भएर बस्नु भयो | तशर्थ, उहांको अन्तिम जन्म, नेपालको लुम्बिनिको, कपिलवस्तुका राजा, शुद्धोधन र रानी,  मायादेवी, कहाँ बुद्ध भएर जन्म लिनु भयो |

म आशा गर्छु , भागवाण बुद्ध संग संभन्दित, यो  कथा पधेर , तपाईंंहर सबैको मनमा, अझ धेरै माया र करुणा जाग्नेछ |  भवतु सब्ब मंगलम् !!

Standing beside this giant sculpture of Dipankar Buddha (one of the predecessors of Lord Shakyamuni Buddha) that was made from a single stone in 7th century, Swayambhu, Kathmandu, Nov. 2018. | सातौं सताप्दिमा, एउटा शिङ्गो ढुङ्गा बाट 
बनेको, भगवान दिपंकर बुद्धको प्रतिमा, स्वयम्भु, २०१८ |

Dipankar Buddha

I would like to end this post by thanking the Author of  the book, 'Jatak' ( wrtten in Nepal Bhasa ) - Mr. Dunda Bahadur Bajracharya, a Buddhist Scholar from Lalitpur, Nepal. If you found this post interesting, please do consider following me in blogger and show your support by sharing this post. You can also check Jhigunepa, instagram page.

References  
  • जातक -भाग १, by Dunda Bahadur Bajracharya from  Patan, Nepal. 
  • Dr. Kabindra Bajracharya - Buddhist Scholar, Associate professor, Cataract & PHACO Surgeon, Pediatric Ophthalmologist, Outreach Director
  • Prakash Man Sakwo, a historian, scholar of Newa history, art, and heritage from Sakwo, Nepal.
  • श्रधेय, भिक्षुणी धम्मवती  - धर्मकृती विहार, श्री घ, काठमाडौं, नेपाल 






Comments

Post a Comment

Popular Posts