शान्तिपुर के हो र यसको महत्व ?
Facebook- JhiguNepa | Youtube: Prazol Maharjan | Follow: Instagram
Shantipur, Swaymabhu after 2015 Earthquake. Dec 2016, Prazol Maharjan |
प्राचिनकाल देखिनै स्वयम्भुमा विद्यमान् भएको , शान्तिपुर, यो पवित्र ,अध्भुत मन्दिर ,अनि जामन गुवाजुको (कहिले पनि भात नखाने गुर्जु ) कथा मैले सानै देखि मेरो दिवंगत भई सकेका बाज्य, अजि बाट सुनेर हुर्कें | त्यसैले मेरो श्री स्वय्मभुको स्थान, शान्तिपुर र बुद्ध धर्म र बुद्ध संग सम्भंदित, कुनै पनि कुरा प्रति धेरै आस्था र उत्सुकता छ | मलाई लाग्छ आज यस पवित्र स्थानको बारेमा धेरैले थाहा नभएको कारणले गर्दा, यस्ता मन्दिर र स्थल हरु अति शीग्र गतिमा मासिंदै छन् |
सर्व प्रथम, मैले व्यक्त गर्नु पर्ने कुरा , म कुनै इतिहाँस विद हैन र नेवा संस्कृति र बुद्ध धर्म बारेमा म संग कुनै डिग्री पनि छैन | तर मैले सानै बेला देखि नेवा संस्कृतिमा हुर्केर होला, नेपाल मण्डलको इतिहाँस बारे, बुद्ध धर्मको बारेमा, कयौं कथा हरु सुन्ने र जान्ने मौका पाएँ | प्राचिन स्थलहरु, मन्दिर हरु, सानै बेला देखि धेरै भ्रमण पनि गरें | शान्तिपुर र श्री स्वयम्भु महा चैत्यको बारेमा, निकै नाम चलेका इतिहाँस विधले लेखेको केहि किताब हरु पढ्ने मौका पनि पाएँ, एक चर्चित इतिहाँस विद,Prakash Man Sakwo तबा संग पनि यस बारेमा धेरै कुराकानी गरें | यहि सन्दर्भमा स्वयम्भूको केहि गुवाजु हरु संग पनि भेटेर, अझै धेरै कुरा सिकें | यी सबै कुराहरुबात मैले जानेको र बुझेको कुरा, यो लेखमा, छोटकरीमा पोखेको छुं | तसर्थ यस स्थलको बारेमा सबैलाई अवगत गराउने, यो मेरो सानो प्रयास |
अनुपम, अध्भुत श्री स्वयम्भु ज्योतिरूप कमलको फुल माथिबाट, प्रादुर्भाव भएको पन्च रश्मि देखेर, शान्तश्री भिछुले, आफ्नो ध्यान द्रिस्तीबात चिन्तन मनन् गर्दै, कालान्तरमा कलियुग लागे पछि, मनुष्यहरुमा, पाप कर्म गर्ने, चोरि गर्ने, ठग्ने जस्ता नराम्रा भावहरु बढ्दै जानेछ | यस्तो अवस्थाको सिर्जना भए पछि, धर्म प्रति आस्था पनि कम-कम हुदैं जानेछ | बेलाबेलामा बुद्धको मुर्तिहरु, विभिन्न सामग्री, र बुद्ध धर्मसंग संबन्धित वस्तुहरुको समेत चोरि हुनेछ | यस्तो अवस्थामा, यो कमलको फूल बात प्रादुर्भाव भएको पन्च रश्मिको रछ्या, कसैले पनि गर्न सक्दैन भनेर वहांले बुझ्नु भयो | तसर्थ, वहांले यस्तो अध्भुत, कुनै लोकमै नभएको ज्योतिरुपको रछ्या गर्नको निम्ति श्रीस्वयम्भु ज्योतिरूप, पंच रश्मि माथि, अहिले हामीले देख्ने, श्री स्वयम्भु महाचैत्यको निर्माण गरेर छोपी दिनु भयो | त्यस पछि स्वयम्भु महाचैत्यको प्रकृतिको, पंच्महाभुत (जल, तेज, पृथ्वी , वायु, आकाश) को कोप बात राछ्या गर्नको निम्ति - (१) शान्तिपुर, (२) वसुपुर, (३)नागपुर, (४) वायुपुर , एवं (५)अग्निपुर् को स्थापना गर्नु भयो | यस्तो आवश्यक व्यवस्था गरेर, शान्तिकर आचार्य नेपाल मण्डलको, भविस्यवानी गरेर, आफुले बनाएको शान्तिपुर गुफा भित्र प्रवेस गेरर, सदाको लागि सिद्ध हुनु भयो |
अनि २०० सताव्दीतिर आचार्य नागार्जुन, सैव (शिव) मार्गी त्याग गरेर, बुद्ध मार्गी अपनाउनु भएका, वज्रयान धर्ममा एकदमै प्रसिद्ध नाम कमाउनु भएका, श्री स्वयम्भु महाचैत्य दर्शनको निम्ति नेपाल मण्डल आउनु भयो | धर्मधातु महाचैत्य देखेर वहाँको मन एकदम प्रसन्न भयो | तसर्थ यहि महाचैत्यको सेवा गर्नको निम्ति, वहाँ आफै द्योपा: ला: (अर्थात, देउताको रेखदेख गर्ने व्यक्ति ) बनेर कैयौं वर्ष विताउनु भयो | यहि समय वेला, आचार्य नागार्जुन शान्तिपुर भित्र प्रवेश गर्नु भएको पनि एउटा कुरा छ | वहांको भनाइ अनुसार, शान्तिपुर गुफा भित्र, स्वयम्भु बात प्रादुर्भाव भएको ज्योति रश्मि दर्शन गर्ने बाटो, नाग भुवन तिर जाने बाटो, अशंख्य भयङ्कर, डरलाग्दो , भूत प्रेत, यक्छ्य गणहरु बास बस्ने बाटो गरेर, तीनवटा बाटो रहेछ भन्ने पुस्टि हुन्छ |
Stone carved standing Shakyamuni Tathgata, outside the main door of Shantipur. Dec 2016, Prazol Maharjan |
यो सबै नेपाल मण्डलका नेवा अदिवाशिहरुलाई थाहा भएको कुरा हो, एक ताका नेपाल मण्डलका हाम्रा सबै पुर्वज हरु, तान्त्रिक विद्यामा निपुण थिए | ति मध्ये पनि, तान्त्रिक विद्यामा अत्त्तिनै निपुण, जामन गुवाजु तान्त्रिक गुरुहरुमा पनि सबै भन्दा कडा र ज्ञानी थीए | उहाँको घर, भल्लनी (वर्मु टोल), बाहिर एउटा इनार - ज्यापू तुन्छी छ, जुन आज सम्म त्यस ठाउँमा छ | उनि हरेक दिन, त्यस ज्यापू तुन्छी भित्र प्रवेश गरेर, त्यहाँ भित्र बास गर्ने विभिन्न, भयङ्कर भूत प्रेत, यक्छ्य हरुलाई, पुजा आराधना गर्दै, वहाँहरुले भने, भनेको कुरा खुवाएर, श्री स्वयम्भुमा स्थित, शान्तिपुर बात बाहिर निस्किने गर्नु हुन्थ्यो | भनिन्छ यस शान्तिपुरमा, ७ वोटा ढोकाहरु छन् | यी सातै वोटा धोका खोलेर प्रवेश गर्ने, जामन गुवाजु बाहेक अरु कसैले पनि गर्न सकेको छैन | एक पटक नेपालमा पानि नपरेर खडेरी लाग्दा, राजा प्रताप मल्ल तिन वोटा धोका सम्म खोलेर शान्तिपुर भित्र प्रवेश गरेर, कालो नागको रगतले लेखिएको किताब बाहिर ल्याएर घाममा देखाउने बितिकै पानि परेको थियो | यो घटना, नेपाल मण्डलका धेरै जस्तो आदिवाशी हरु सबैले सुन्दै आएको कुरा हो | नेवा राज्यकालको अन्त पछि, प्रताप मल्ल मात्र यस्ता राजा थिए, जसले नेवारहरुको धर्म, आस्था, विद्यालाई एकदम मन पराउनु हुन्थ्यो, यस कारण वहांले पनि तान्त्रिक विद्या सिक्नु भएको थियो |
Renovated Shantipur after the 2015 Earthquake. Vikash Chitrakar |
त्यसैले यो शान्तिपुर अनि स्वयम्भु चैत्य भनेको, एकदमै अध्भुत, अलौकिक, पवित्र स्थल हो | हामि बौध धर्मको लागि मात्र नभएर, नेवार हरुको मात्र नभएर, पुरै नेपालको एउटा शान हो | यो ईंटा माटोले बनेको सरल मन्दिर हैन | यस मन्दिर भित्र अजै पनि दैविक शक्ति छ, भन्ने धारणा यहाँका गुवाजु हरुको विस्वास छ | सारा लोक् मै नभएको चिज, यहाँ स्वयम्भुमा छ | अरु विभिन्न, धेरै घटनाहरु यस पवित्र स्थानमा भएको छ | स्वयम्भु महा चैत्य र शान्तिपुर विना , आज नेपाल भन्ने देश नै संसारको नक्सा मा पक्कै पनि हुँदैन थियो | यो श्री स्वयम्भु ज्योतिरूप र चैत्यको दर्शन गर्नुको निम्ति, सत्य युग देखि , हरेक तथागत बुद्धहरु साथ् साथै, सबै देवी देवता, ब्रह्म, विष्णु, महेश्वोर,अनि शंसारका विभिन्न कुना कुनाबाट, ज्ञानी, आचार्यहरु हाम्रो देशमा प्रवेश गर्दै, आउनु भएको छ | तर अफसोच, हामी आफैले यस्त्वो अध्भुत र सुन्दर कुराको महत्व बुझ्न नसकेर , आज यस पवित्र स्थलको अवस्था , झन् झन् नराम्रो अवस्थामा परिणत हुदैं छ | श्री शान्तश्री भिछुले भविस्यवानी गर्नु भएको जस्तै, यहाँ झन् झन् विकृति, राग अनि पाप बढ्दै छ |
मेरो एउटा मात्र आशा छ, जस जसले, अलि कति समय निकालेर यो लेख पढ्नु भयो, यो कुराहरु आफ्नो परिवार, बच्चाहरु, इस्ट मित्र हरुलाई पनि सुनाउनु हुनेछ भनेर | यदि हामीले हाम्रो यस्ता स्थान, स्थल, धर्मको ज्ञान हाम्रो भावी पुस्तालाई दिएनौं भने, यी कुराहरुको चाडैं नै नाश हुनेछ |
With any questions, concerns and suggestions, please fee free to email us at - jhigunepa@gmail.com
धन्यवाद !!
Thank You 🙏
Acknowledgments
- Shree Swayambhu Maha Chaitya, Hemraj Shakya
- Prakash Man Sakwo, a historian and Archeologist from Sakwo
Yakwo yakwo subhay xapinta.🙏🙏🙏
ReplyDeleteछित न सुभाये, छिगु महत्व पुर्ण ई बिया, ब्व्ना दिल |
Delete❤️❤️❤️❤️❤️
ReplyDelete